दफा ३४
विवाद समाधान
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको व्यवस्था कार्यान्वयन गर्ने क्रममा बोर्ड, बीमित वा सेवा प्रदायक बीच कुनै विवाद उत्पन्न भएमा यस्तो विवादको समाधान आपसी समझदारीबाट गरिनेछ ।
(२) उपदफा (१) बमोजिम विवाद समाधान नभएमा त्यस्तो विवादको समाधान तोकिए बमोजिमको विवाद समाधान समितिले गर्नेछ ।
(३) उपदफा (२) बमोजिमको समितिले गरेको विवाद समाधानको निर्णयमा चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।